
काठमाडौं, ६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तय भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चैत १० गतेका लागि बैठक तय भएको जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ चैत्र १० गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, उनले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।
बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुनेछ ।