काठमाडौं, चैत्र २४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको देशको परिस्थीति अत्यन्तै नाजुक रहेको बताउनुभएको छ ।
साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्मचार्यको कात्रोमा खल्ती अनाख्यानको लोकार्पण कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिक लगाएतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताउनुभएको हो । उहाले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गर्नुभयो ।
कोइरालाले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएपनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उल्लेख गर्नुभयो । राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उहाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागी दुभाग्र्य हुने बताउनुभयो ।
नेपालको अर्थतन्त्रसंग खेल्ने अधिकार कसैलाई नरहेको उहाको भनाइ छ । कोइरालाले मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट रहेको भन्दै वर्तमान गठबन्धनको औचित्य सावित हुन नसकेको तर्क गर्नुभयो । कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने धारणा राख्नुभयो ।





