तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषिलाई छोड्न हुँदैन- देउवा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २४ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषिलाई छोड्न नहुने बताउनुभएको छ ।

आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसंग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषिलाई कारवाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताउनुभएको हो । सो क्रममा रजकका परिवारले उक्त घटनाको छानविन नै नभएको दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानविन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाउनुभयो ।
राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजि संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने उल्लेख गर्नुभयो । सुरेश रजकका परिवारले सवै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी