काठमाडौं, २५ चैत । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल–भारतको सम्बन्धलाई सधैं मजबुत र सन्तुलित राख्नुपर्नेमा जोड दिएका छन्।
गणेशमान सिंह फाउन्डेसनद्वारा सोमबार काठमाडौंमा आयोजना गरिएको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदानु विषयक गोष्ठीमा उनले भने,जुनसुकै पार्टीको सरकार भए पनि नेपाल र भारतको हितमा अगाडि बढ्न आवश्यक छ।
उपप्रधानमन्त्री सिंहले भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने भूमिकालाई अत्यन्त महत्वपूर्ण बताउँदै थपे,नेपाल र भारतको सम्बन्ध सशक्त र सन्तुलित राख्नुपर्छ, जसले दुवै देशको लागि फाइदा ल्याउँछ।
उनले गणेशमान सिंह र चन्द्रशेखरबीचको सुमधुर सम्बन्ध र चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ भएको बताए।नेपाल र भारतका सम्बन्धहरू दुवै पक्षको हितमा हुनु पर्छ, र यसमा हामी सबैको योगदान आवश्यक रहेकोमा उनले जोड दिए।





